काठमाडौँ,६ साउन – सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने भएको छ ।
नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र उकास्न खोपसँगै राहत प्याकेज ल्याउने तयारी भइरहेको बताउनुभएको हो ।अर्थमन्त्री शर्माले कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सम्भावनाको बाटो समेत देखाएको बताउनुभयो ।
उहाँले कोरोनाले आत्मनिर्भरताको बाटोतर्फ जान सिकाएको भन्दै यस्तो बेला निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
