एजेन्सी,६ साउन -बेलायतमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले रिले अनशन शुरु गरेको छ । बुधबार दिउँसो देखि समितिले प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन शुरु गरेको हो ।समान पेन्सनलगायत अधिकारको माग गर्दै समितिले आन्दोलन शुरु गरेको हो ।
१३ जना भिसीको नाममा १३ दिने रिले अनशन र त्यसपछि भोक हड्ताल गरिने समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिनुभयो । यसअघि नेपाल सरकारले समितिलाई पत्र पठाउँदै गोर्खा मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न पहल गरिरहेको जानकारी दिएपछि समितिले जुलाई १ देखि गर्ने तय गरेको आमरण अनशन तीन साता स्थगन गरेको थियो ।