आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा – Himalayan Dainik

आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा


आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा

काठमाडौँ, ६ साउन – नेपाल आयल निगमले एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली ९ईआरपी० कार्यान्वयनमा ल्याएको छ । एक वर्षको तयारीपछि ईआरपीको कार्यान्वयन सुरु भएको निगमले जनाएको छ ।

निगमका अनुसार पहिलो चरणमा आइतबारदेखि देशैभरका निगमको डिपोहरुबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा सुरु भएको हो । अब देखि निगमले उपलब्ध गराएको युजर नाम र पासवर्डबाट प्रणालीमै व्यवसायीले तेलको अर्डर गर्न र त्यसको भुक्तानी पनि गर्न सक्ने छ ।

विद्युतीय माग र भुक्तानीकै आधारमा डिपोमा पुग्ने ट्यांकरमा तेल लोड हुने हुँदा निगममा बैंक भौचर र नगद कारोबारको युगको अन्त्य भएको प्रवक्ता उपाध्यायले बताए । ईआरपी अन्र्तगतको विद्युतीय कारोबारको थालनीको आइतबार निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालयबाट गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

उनले भने, ‘आइतबार हामीले सुदुरपश्चिम प्रदेशबाट विद्युतीय बिल जारी गरेका छौं, देशैभरका डिपोहरुमा यो प्रयोग भइरहेको छ ।’ ईआरपीको बिभिन्न टुल्सहरुमध्ये पहिलो चरणमा निगमको सबै कारोबार विद्युतीय र डिजिटल बैकिङमा आधारित भएको उनले बताए ।

निगमको बागमति प्रादेशिक डिपोले नयाँ प्रविधिमा आधारित बिलिङ प्रणालीबाट सोमबार ठूलो मात्रामा डिजेल, पेट्रोल र मटीतेलको कारोबार गरेको दाबी गरेको छ ।