भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध – Himalayan Dainik

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध


भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

ललितपुर,६ साउन – नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ । महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।

उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।