कृषि तथा पशुपक्षी विकासतर्फ ४५ अर्ब ९ करोड बजेट विनियोजन – Himalayan Dainik

कृषि तथा पशुपक्षी विकासतर्फ ४५ अर्ब ९ करोड बजेट विनियोजन


कृषि तथा पशुपक्षी विकासतर्फ ४५ अर्ब ९ करोड बजेट विनियोजन

काठमाडौं,१५ जेठ  – सरकारले दुई वर्षभित्र दूध र तरकारीमा मुलुकलाई  आत्मनिभर बनाउने घोषणा गरेको छ । शनिबार आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल तीन वर्षभित्र गहुँ, मकै, कोदो र फापरमा आत्मनिर्भर बनाइने बताए ।

यस्तैं, पाँच वर्षमा धानमा आत्मनिर्भर गराउन बजेट विनियोजन गर्ने उनले बताए । सरकारले कृषि अनुसन्धान परिषद्को लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजना गरेको छ । किसानले हरेक दुई वर्षमा बीउ फेर्ने गरी कार्यक्रम अगाडि बढाइने उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपक्षी विकासतर्फ ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।