कोभिड १९ को महामारीमा बाल रोग विशेषज्ञ साथै आमाको अनुभव – Himalayan Dainik

कोभिड १९ को महामारीमा बाल रोग विशेषज्ञ साथै आमाको अनुभव


कोभिड १९ को महामारीमा बाल रोग विशेषज्ञ साथै आमाको अनुभव

काठमाडौँ,७ जेठ – कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथाममा डाक्टरहरुको प्रभावकारी भूमिका अत्यन्त महत्वपूर्ण छ । आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षाको जोखिमका बावजूद पनि यो रोगको पहिचान, निदान, नियन्त्रण र उपचारमा उनीहरुको जिम्मेवारी र प्रतिबद्धताले आम मानिसको स्वास्थ्य सुरक्षालाई संभव गराउन उल्लेखनीय भूमिका निर्वाह गर्दछ ।

यो अवस्थामा स्वास्थ्यसेवामा संलग्न भएका फ्रन्टलाइनरहरुले कामको परिमाण, व्यक्तिगत स्वास्थ्य सुरक्षाको जोखिम संगै प्रभावकारी स्वास्थ्य सेवाका लागि समाजबाट असाधारण मागहरु पूरा गर्नुपनें दबाबको पनि सामना गरिरहनुपरेको छ । नेपालमा पहिलो कोभिड केश गत वर्षको जनवरी २३ तारिखमा पहिचान भएको थियो ।

चीनबाट जनवरी ९ तारिखमा फर्किएका ३२ वर्षिय पुरुषमा नेपालमा पहिलो पटक कोभिड देखिएको थियो । नेपालमा कोभिड ९का कारण गत वर्षको मे १४ तारिखमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । मृतक सिन्धुपाल्चोककी २९ वर्षिया प्रसवोत्तर महिला थिइन् । गत वर्षको तथ्यांकको कुरा गर्दा कोभिड १९ बाट संक्रमित हुनेहरुमा ४ प्रतिशत मात्रै बालबालिका थिए । यस पछाडिको कारण लामो समयको लकडाउन, विद्यालयहरु बन्द हुनु र अन्य प्रतिबन्धात्मक कदमहरु चालिनु हो । तर यो महामारीका दोस्रो लहरमा १९ वर्ष मुनिकाहरुमा पनि सक्रमणको दर बढ्दो पाइएको छ । विद्यालयहरु खोलिनु र भौतिक उपस्थितिमै पठनपाठन संचालन भइदिनाले बालबालिकाहरुमा पनि संक्रमणको दर यस पटक बढ्दो पाइयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरिमा ३२२७ जना बालबालिकाहरुमा कोभिड १९ कोसंक्रमण भेटिएको छ । यो २०२१ अप्रिल २१ सम्मको डाटा हो । म एक बाल रोग विशेषज्ञका पनि भएको नाताले यो महामारीका समयमा बाल रोग विशेषज्ञको भूमिका र आमाको भावनात्मक पक्षसित पनि साक्षात्कार छु । कोरोना भाइरसको महामारीको यो समयमा फ्रन्टलाइनरका रुपमा भावनात्मक पक्ष मेरा लागि त्यति असहज थिएन कारण म कोभिड १९ विरुद्धको दोस्रो खोप लगाउन जाँदै थिएँ । त्यतिखेर नै मेरो ७ वर्षिय छोराले उ पनि म संगै आएर खोप लगाउन मिल्छ कि भनेर जिज्ञासा राखे । हफ्तांैको अनलाइन कक्षाहरुमा सहभागि भएको मेरो छोराले सबै शपिङ मल, खेल मैदान,पुस्तकालय लगायत सबै बन्द छन्भन्ने कुरा सुनेको थियो । शायद खोप लगाएपछि उ ती सबै ठाउँमा जानसक्छ होला भन्ने लागेर नै त्यसरी उसले प्रश्न सोधेको होल भन्ने मलाई अनुभूति भयो ।

अत्यन्त चञ्चल र उत्साही स्वभावको मेरो छोराले यतिखेर स्वतन्त्र रुपमा रमाउनेवातावरण गुमाएको देख्दा म अत्यत्त दुखी छु । बाल रोग विशेषज्ञको नाताले मैले यो अवधिमा पनि धेरै बालबालिकाको उपचारमा संलग्न भएँ । ती मध्ये अधिकांश कोभिड १९ संक्रमित थिएनन् तर केही भने संक्रमित थिए । भगवान्को कृपाले ती संक्रमित सबै बालबालिका निको भइसकेका छन ्। मेरो कार्यक्षेत्रको जिम्मेवारी बहन गरिंरहँदा, कैयन् आमाहरु आफ्नो कार्यक्षेत्रको जिम्मेवारीलाई त्यागेर समय व्यवस्थापन गर्दैं अस्पतालमा भर्ना भएका आफ्नो नानीहरुलाई भेट्न आउन बाध्य भएको देखेको छु ।

अस्पतालमा भर्ना भएका बालबालिकाका अविभावक र तिनका परिवारजनलाई हेरेर हामी डाक्टरहरुले आफ्नो व्यक्तिगत पीडालाई कसरी एक ठाउँमा विश्राम दिएर विरामी बालबालिका र तिनका परिवारजनको आवश्यकतालाई पूरा गर्न उन्मुख हुन सिकिरहेका छौं । प्रारम्भमा यो सहज थिएन तर यो वास्तविकता र दैनिकी बन्न थालेपछि यसलाई आत्मसात गरेर अगाडि बढीरहेका छौं । अहिले मे महिनाको मध्यबाट गुज्रिरहेका छौं ।

म मेरा भान्जाहरु, साथीहरुलाई बेला बेलामा सम्झिरहन्छु । मेरो छोरा कहिले भौतिक रुपमै उपस्थित भएर पहिले जस्तै रमाउँदै स्कुल जान्छ होला ? के उ एक्लोपन महशुष गरिरहेको छ् ?, के यो परिस्थिति पछि उ आफ्नो वरपरको वातारणमा पहिले जस्तै निर्धक्क भएर रमाउन सक्छ होला ? उ कहिले साथीहरुसित आफ्नो जन्मदिन बनाउन सक्छ होला, कहिले आफ्ना साथीहरुसित खेल्न सक्छ होला ? यो अनुत्तरित प्रश्नहरुले कहिलेकाहीं आफूलाई दोषी महशुष गराउँछ । यो स्वभाविक पनि हो ।अविभावकको रुपमा सबैभन्दा गहिरो आत्मीयता आफ्नो बच्चा र परिवारसंग निहित हुन्छ ।

पेरेन्टिङमा कोरोना भाइरसको प्रभाव लामो समयसम्म रहने देखिन्छ । म आफ्नै पीडामा हराउँछु र आवश्यकता अनुसार आफ्नो दृष्टिकोण र आत्मविश्वास लाई सही बाटो दिएर अगाडि बढ्ने हरसंभव प्रयास पनि गर्छु । यो स्थितिमा जसरी अरु आमाहरुले व्यवहार गर्छन्म पनि अछुतो छुईन । विवश हुन्छु आफूलाई पीडा दिन, र पीडा स्वीकार गर्न, विना कुनै निर्णय । यो हामी सबैको साझा दुःख हो । म बाल रोग विशेषज्ञ भइकन आमा पनि भएकाले सबै अविभावकहरुबाट यो दुःख अभिव्यक्त गर्ने अनुमति माग्दछु ।

डा.लीली राजभण्डारी
वरिष्ठ परामर्शदाता बाल रोग विशेषज्ञ
मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भू