पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउँदै – Himalayan Dainik

पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउँदै


पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउँदै

काठमाडौँ, ३० वैशाख – नायक पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउन थालेका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गइरहेको खबरहरु आइरहेका बेला पलले संक्रमितलाई अक्सिजन वितरण गर्न सुरु गरेका हुन् ।

उनले भनेका छन, “अक्सिजनको अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस भनेर हामी संक्रमितलाई अक्सिजन वितरण गर्ने योजनासाथ अगाडि आएका छौं ।, अब हामी अस्पताल पुगेर अक्सिजन भएरनभएको अवस्था छ बुझेर आवश्यकता परे हामीसँग भएको अक्सिजन उपलब्ध गराउने छौँ ।”

उनले अघिल्लो लकडाउनका खुलामञ्च पुगेर मजदुरहरुलाई निःशुल्क खाना खुवाएका थिए भने बाढी तथा पहिरो पीडितलाई राहत पनि वितरण गरेका थिए ।