एनआरएनए युकेका भाबी अध्यक्ष पदका उम्मेदबार श्रेष्ठले सदस्यता तथा चुनाबी सचिबालय संचालन गर्ने – Himalayan Dainik

एनआरएनए युकेका भाबी अध्यक्ष पदका उम्मेदबार श्रेष्ठले सदस्यता तथा चुनाबी सचिबालय संचालन गर्ने


एनआरएनए युकेका भाबी अध्यक्ष पदका उम्मेदबार  श्रेष्ठले सदस्यता तथा चुनाबी सचिबालय संचालन गर्ने

लन्डन,२४ वैशाख – एनआरएनए युके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठले साउथ इस्ट लन्डनको प्लमस्टिडमा अनलाइन सदस्यता फारम भर्न इच्छुक सबैलाई सहयोग गर्ने भएका छन । प्लमस्टिड हाइ स्ट्रिटस्थित एक अस्थायी कार्यालय स्थापना गरि मंगलबारदेखि श्रेष्ठले अनलाइनबाट सदस्यता फारम भर्न सबैलाई सहयोग गर्न लागेका छन् ।

एनआरएनए युकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यका लागि उक्त कार्य गरिएको इंग्ल्याण्ड परिषद अध्यक्ष समेत रहेका एनआरएनए युके अध्यक्ष उम्मेदवार श्रेष्ठले बताए ।

एनआरएनए युकेले अहिले पहिलोपटक एमआइएस प्रविधिबाट सदस्यता वितरण गर्दैछ । ‘अनलाइनबाट सदस्यता लिने प्रक्रिया सहज रहेपनि विशेषगरी कयौं बुवाआमाहरुलाई अनलाइन फारम भर्न असहज बनेको महशुस भएको छ ’, अध्यक्षका उम्मेदवार श्रेष्ठले भने । उनकाअनुसार सदस्यता लिंदा कुनै समस्या परेमा वा अन्य कुनै जानकारी, परामर्श आवश्यक छ भने जो कसैले हाम्रो कार्यालयमा सम्पर्क राख्न सक्नु हुनेछ ।

सदस्यता फारम भर्न सम्पर्क कार्यालयमा आउंदा बैंक कार्ड आफ्नो परिचय खुल्ने फोटो आइडी, एड्रेस प्रुफ ९ ड्राइभिङ लाइसेन्सले दुवै काम गर्ने ० समेत लिएर आउने र आफैले फारम भर्ने भएको हुदा हामीले कुनैपनि बयक्तिगत डाटा नराखिने व्योहोरा सबैलाई जानकारी गराएर एन आर एनको पोर्टलमा सम्बन्धित ब्याक्तिले सबै डाटा भर्ने र हामीले टेक्निकल सहयोग मात्र गर्ने हुुँदा डाटा प्रोटेक्सनलाई समेत ख्याल गरिने कुरा श्रेष्ठले बताए ।

उक्त कार्यालयबाट सदस्यता आबेदन गर्ने अन्तिम मिति १० जुन २०२१ सम्म सदस्यता बनाउन सबैलाई मद्दत गर्ने र त्यसपछि भने चुनाबको प्रचार प्रसार गर्ने योजना रहेको बताए ।