काठमाडौँ, १९ बैशाख – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–० ले हरायो । योसँगै ला लिगाको उपाधि होड रोमाञ्चक भएको छ ।
घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।
जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । पराजित ओसासुनाको ४० अंक छ ।