निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो – Himalayan Dainik

निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो


निर्वाचन आयोगले  राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो

काठमाडौँ, १७ वैशाख – निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको जानकारी दिनुभयो । उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।