प्रधानमन्त्री ओलीद्वारा सूचना प्रविधि भवन उद्घाटन – Himalayan Dainik

प्रधानमन्त्री ओलीद्वारा सूचना प्रविधि भवन उद्घाटन


प्रधानमन्त्री ओलीद्वारा सूचना प्रविधि भवन उद्घाटन

काठमाडौँ, १७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि भवनको उद्घाटन गर्नुभएको छ ।

आज कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारबाटै रोबोटयन्त्रको सहायताले भवनको रिवन काट्दै शीलास्तम्भ अनावरणसमेत गर्नुभयो ।

कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो । कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि र सूचना प्रविधिकसँग अभ्यस्त गराउने तयारी छ ।

इपुस्तकालय समेत रहेको उक्त भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकलाई जीवन उपयोगी शिक्षा दिन सरकार लागिपरेको बताउनुभयो ।