मन्त्री बने दिपक मनाङे – Himalayan Dainik

मन्त्री बने दिपक मनाङे


मन्त्री बने दिपक मनाङे

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाएका छन् ।

मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ राखिएको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।