सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? – Himalayan Dainik

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ वैशाख – नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ ।