आन्तरिक उडान बन्द गर्नुपर्ने सीसीएमसी सचिवालयको निष्कर्ष – Himalayan Dainik

आन्तरिक उडान बन्द गर्नुपर्ने सीसीएमसी सचिवालयको निष्कर्ष


आन्तरिक उडान बन्द गर्नुपर्ने सीसीएमसी सचिवालयको निष्कर्ष

काठमाडौँ, १६ बैशाख – बुधबार दिउँसो सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमनका लागि पुगेको थियो । अनुगमन टोलीले त्यहाँको दृश्य अवलोकन गरेपछि आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

‘विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको पनि मोबिलिटी बढ्छ र यसबाट संक्रमण फैलने डर हुने भएकोले बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको बताइएको छ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको सीसीएमसीका अधिकारीहरु बताउँछन् ।