पूर्वमन्त्री बस्नेतलाई दुईवटा जनसंगठनको थप जिम्मेवारी प्रदान – Himalayan Dainik

पूर्वमन्त्री बस्नेतलाई दुईवटा जनसंगठनको थप जिम्मेवारी प्रदान


पूर्वमन्त्री बस्नेतलाई दुईवटा जनसंगठनको थप जिम्मेवारी प्रदान

काठमाडौँ, १० वैशाख – नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई पार्टीले थप जिम्मेवारी दिएको छ ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज वालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले नेता बस्नेतलाई नेपाल खेलकुद महासंघको इन्चार्जको समेत जिम्मेवारी दिएको छ । उहाँ राष्ट्रिय युवा संघ नेपालको समेत इन्चार्ज हुनुहुन्छ । खेलकुद क्षेत्रलाई माया गर्ने मात्र नभई नेता बस्नेत विकास र समृद्धिको धरोहरको साथ साथै १८/१९ वर्ष अगाडी राष्ट्रिय खेलाडीको रुपमा समेत रहुनभएको थियो । युवा जोस जाँगरको साथमा उहाँमा खेलकुद क्षेत्रको महत्वपूर्ण अनुभवहरु समेत रहेको छ ।

नेपाली युवाहरुको रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो नेतृत्व गरी स्थापीत हुनभएका नेता बस्नेतलाई पार्टीले थप खेलकुद महासंघको इन्चार्ज समेत बनाएकोमा नेपाली युवा तथा आम खेलकुद क्षेत्रमा आवद्ध रहेका खेलाडी तथा पदाधिकारीले समेत खुसी व्यक्त गर्दै नेपाली खेलकुद क्षेत्रले थप उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।