सीईडीबीको आईपीओ वैशाख १७ देखि बिक्री खुला हुने – Himalayan Dainik

सीईडीबीको आईपीओ वैशाख १७ देखि बिक्री खुला हुने


सीईडीबीको आईपीओ वैशाख १७ देखि बिक्री खुला हुने

काठमाडौँ, ८ बैशाख – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।