ओपोद्वारा नेपालमा ३३वाट फ्ल्याशचार्ज सुसज्जित एफ१९ को बिक्री आरम्भ – Himalayan Dainik

ओपोद्वारा नेपालमा ३३वाट फ्ल्याशचार्ज सुसज्जित एफ१९ को बिक्री आरम्भ


ओपोद्वारा नेपालमा ३३वाट फ्ल्याशचार्ज सुसज्जित एफ१९ को बिक्री आरम्भ

काठमाडौँ, ८ वैशाख –  वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा एफ१९को विक्रि आरम्भ गरेको छ ।

एफ१९को डिजाइन विशेषगरी उच्च गुणस्तरिय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेण्डसेटिङ” पुस्तालाई ध्यानमा राखि गरिएको छ । एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइन पनि दिएको छ ।

यसको विकास गरिँदा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङ मार्फत चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्ने तिर पनि विशेष ध्यान दिइएको छ ।

“एफसिरिजको डिजाइन आफ्नो दैनिक आवश्यता पूर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधि सहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताहरुका लागि गरिएको हो । दिनभर फोनको प्रयोग, विना कुनै रुकावत गर्न सकियोस् भन्ने सोचका साथ यसमा ३३ वाट फ्ल्याश चार्ज सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, उपभोक्ताका आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमा उत्कृष्ट एमोलेड एफएचडी+ पञ्च-होल डिस्प्ले,त्यो पनि पातलो बडी डिजाइनका साथमा दिइएको छ । ओपो एफ १९ ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिन्छ । विशेषगरी आफ्नो क्यारियरको सुरुवाती अवस्थामा रहेका युवा वर्ग माझ यो फोन निकै लोकप्रिय हुनेमा हामी विश्वस्त छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।