काठमाडौँ, ८ बैशाख – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न सुझाव दिएका हुन् ।
उनले पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन् ।