दाङमा आगलागीहुँदा ६ घरगोठ जलेर नष्ट – Himalayan Dainik

दाङमा आगलागीहुँदा ६ घरगोठ जलेर नष्ट


दाङमा आगलागीहुँदा ६ घरगोठ जलेर नष्ट

दाङ,८ वैशाख – दाङ जिल्लामा आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट भएको छ। घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा आगलागी हुँदा चार घर परिवारको ६ वटा घरगोठ जलेर नष्ट भएको हो ।

वडाध्यक्ष केशवराज आचार्यका अनुसार स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ।त्यस्तै, कली वलीको घर, गोठ, सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन्।आगलागी के कसरी भयो भन्नेबारे भने खुल्न नसकेको उनको भनाइ छ।

आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भई आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। उनीहरूका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा राहत स्वरूप लिएर भोलि जाने वडाध्यक्ष आचार्यले बताए।स्थानीयवासीकै सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।