गएराति आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित – Himalayan Dainik

गएराति आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित


गएराति आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

ऐजेन्सी,६ वैशाख – गएराति मुम्बईको वाङ्खडे स्टेडियममा इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि ६ विकेटको जित निकालेको हो।यो दिल्ली  क्यापिटल्सको   दोस्रो जित हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट गुमाउँदै १० बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो।पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ६९ र कप्तान केएल राहुलले ६१ रन बनाएका थिए। दिल्लीका क्रिस ओक्स, लुकमान मरिवाला, कगिसो रबाडा र अभेस खानले समान १/१ विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रन बनाउँदा पृथ्वी शले ३२, मार्कस स्टोइनिसले २७, रिशब पन्तले १५ र ललित यादवले १२ रन जोडे। पञ्जाबका लागि जे रिचर्डसनले २ विकेट लिँदा अर्शदीप सिंह र रिले मेरिडिथले समान १/१ विकेट लिए।

जारी सिजनमा तीन खेल खेलेको दिल्लीको यो दास्रो जित हो भने समान खेल खेलेको पञ्जाबको यो दोस्रो हार हो।