पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण – Himalayan Dainik

पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण


पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण

काठमाडौँ,५ वैशाखनेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आज नेपाल पत्रकार महासंघमा भएको समारोहका प्रमुख अतिथि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिए ।

उनले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यसैगरी उनले देश कठिन मोडमा रहेको भन्दै यो बेला पत्रकारहरुको महत्वपूर्ण  भूमिका रहनुपर्ने चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था रहेको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने बताए । नवनिर्वाचित केन्द्रीय सदस्य बबिन शर्मालाई प्रहरीले धरपकड गरेको भन्दै प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल रहेको बताए ।