काठमाडौँ,४ वैशाख – नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा जितेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।
नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेटायो ।नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए ।यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५४ रनमा नटआउट रहे ।
आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ ।