गएराति आईपीएल अन्तर्गतको खेलमा चेन्नई सुपर किङ्स विजयी – Himalayan Dainik

गएराति आईपीएल अन्तर्गतको खेलमा चेन्नई सुपर किङ्स विजयी


गएराति आईपीएल अन्तर्गतको खेलमा चेन्नई सुपर किङ्स विजयी

ऐजेन्सी,४ वैशाख – गएराति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर किङ्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो । जवाफमा चेन्नईको टीमले १६ ओभरमै ६ विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

चेन्नईको तर्फबाट दीपक चाहरले घातक बलिङ गर्दै प्रारम्भका ७ ओभरमा ४ विकेट लिएर पञ्जाबलाई ब्याकफूटमा ल्याइदिए ।