आजको मौसम – Himalayan Dainik

आजको मौसम


आजको मौसम

काठमाडौँ, ४ बैशाख – हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । यद्यपि दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।