पूर्वराजा ज्ञानेन्द्र भारतको हरिद्वारमा जोगीको पहिरनमा – Himalayan Dainik

पूर्वराजा ज्ञानेन्द्र भारतको हरिद्वारमा जोगीको पहिरनमा


पूर्वराजा ज्ञानेन्द्र भारतको हरिद्वारमा जोगीको पहिरनमा

काठमाडौ, ३० चैत – पूर्वराजा ज्ञानेन्द्र भारतको हरिद्वारमा जोगीको पहिरनमा देखिएका छन् ।

हरिद्वार महाकुम्भको महाशाहीस्नानको पूर्व सन्ध्यामा राजा ज्ञानेन्द्र जोगीको पहिरनमा देखिएका हुन् ।

उनको श्रीपेंच फर्काउने अभियानमा लागेका हिन्दुवादीहरूले भारतका हिन्दुवादीहरूको सहयोग माग्दै आएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रलाई भारतका हिन्दु समाजले नेपाली राजसंस्थालाई सदैव हिन्दु एकताको प्रतीकको रूपमा मानेकाले यसपटक उनलाई महाराजाधिराजको हैसियतमा बोलाएको हो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने अभियानमा लागेर प्रतिनिधिसभा विघटनसम्मको हर्कत गरे ।

यसै बिचमा हौसिएका राजावादीहरूले ज्ञानेन्द्रको यो जोगीको पहिरनलाई थप उँचाइमा पु¥याउने योजना बनाइरहेका छन् ।

यता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आवरणमा साँप सिढीको खेल खेल्दै प्रधानमन्त्रीको रूपमा कुण्डली मारेर बसेका ओली धपाउने औजार गणतान्त्रिक शक्तिले पाउन नसकेकोमा थापाथली चर्चा चौतारीका गणतन्त्रवादी चिन्तामा परेका छन् ।

फेरि श्रीपेंच पहिराउने धोको पूरा नभएपनि नेपालको थप क्षतिबाट जोगाउन नसकिने चिन्ता उनीहरूको रहेको छ ।