घोडेजात्रामा सहभागी हुँदै राष्ट्रपति प्रधानमन्त्री – Himalayan Dainik

घोडेजात्रामा सहभागी हुँदै राष्ट्रपति प्रधानमन्त्री


घोडेजात्रामा सहभागी हुँदै राष्ट्रपति प्रधानमन्त्री

काठमाडौँ,२९ चैत –  आइतबार काठमाडौँमा घोडेजात्रा मनाइएको छ । घोडेजात्राको अबसरमा नेपाली सेनाले विभिन्न कार्यक्रम गर्‍यो । सैनिकमञ्च टुँडिखेलमा विभिन्न सैन्य कला प्रस्तुत गरिएको थियो ।

कोभिड संक्रमणको त्रास रहेकोले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर घोडेजात्रा मनाइएको सेनाले जनाएको छ ।  घोडेजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक विदासमेत दिएको थियो ।   सेनाको घोडे जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी थिए ।