पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी – Himalayan Dainik

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी


पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

काठमाडौं, २८ चैत : नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको प्यानलले भारी मतान्तरमा विजयी भएको छ । तीन हजार भन्दा बढी मतान्तरमा पोखरेल नेतृत्वको प्यानल विजयी भएको हो । कम मतान्तर पनि एक हजार भन्दा माथि रहेको छ ।

विपुल पोखरेल नेतृत्वको प्यानलै विजयी भएपछि प्रेस चाैतारी नेपालको प्यानलबाट अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको निर्मला शर्मा र वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको माधव नेपालले विजयी उम्मेदवारलाइ बधाई दिनुभएको छ । उहाँहरू मतगणनाको अन्तिमसम्म सँगै बसेर उहाँहरूलाइ अबिर र खादा लगाए बधाई दिनुभएको हो ।

अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९४२ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्धन्द्धी निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गर्नुभएको छ ।  महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनुभएको छ त्यस्तै महासचिवमा रोशन पुरी विजयी हुनुभएको छ ।