काठमाण्डौ महानगरपालिका वडा नं ४ शंखपार्कमा उपप्रधानमन्त्री ईश्वर पोखरेल – Himalayan Dainik

काठमाण्डौ महानगरपालिका वडा नं ४ शंखपार्कमा उपप्रधानमन्त्री ईश्वर पोखरेल


काठमाण्डौ महानगरपालिका वडा नं ४ शंखपार्कमा उपप्रधानमन्त्री ईश्वर पोखरेल

काठमाण्डौ ,२८ चैत – नेपाल सरकारका पप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको शंखपार्कको निरीक्षण गरेका छन।  काठमाण्डौ क्षेत्र नं ५ मा रहेको सो पार्क पुनर्निर्माण निरीक्षणमा पुगेका उपप्रधानमन्त्री पोखरेलले निर्माण अवस्था र प्रगतिको वारेमा जानकारी लिएका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बिस्ट ,सदस्य धुर्व त्रिपाठी,धुर्व थपलिया सहित  पुगेका उपप्रधानमन्त्री पोखरेलले काठमाण्डौ उपत्यकाका उधानहरुमा लामो इतिहास र पहिचान बोकेको शंखपार्कको संरक्षण र प्रवर्धनमा जनप्रतिनिधिका हैसियतमा हरेक प्रकारको सहयोग हुने बताएका थिए।

यो पार्क संगै वडा नं ४ ले सार्वजनिक जग्गा संरक्षण र विकासको कार्यलाई तीव्रता दिएको बताउदै वडा अध्यक्ष बिस्टले वडाका अन्य स्थानमा पनि दर्जनौ पार्कहरु बनिरहेको  जानकारी दिएका छन।