उहाँले भ्रष्टाचारी र कालाबजारीहरुलाई कडाभन्दा कडा कारबाही गर्न निगमको ध्यानाकर्षण गर्नुभयो । भारतको आईओसीसँग मात्र निगमले पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौता गर्नुले नेपालमा भारतको एकाधिकार कायम हुने गरेको उहाँले बताउनुभयो । भारतीय नाकाबन्दीको समयमा चीनसँग पेट्रोलियम पदार्थ अनुदानमा सहयोग लिएको निगमले भारतबाहेक अन्य मित्र देशबाट पेट्रोलियम पदार्थको आपूर्ति गर्नेतर्फ चासो नदेखाउनु आपत्तिजनक विषय भएको उहाँले बताउनुभयो ।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्ने, निगमभित्रको अनियमितता नियन्त्रण गरी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, कर्मचारीलाई बोनस तथा सेवा सुुविधा वितरण रोक्नुपर्ने, भारतबाहेक अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपर्ने, भण्डारण क्षमता बढाई सस्तो र सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने मागहरु उल्लेख छन् ।
ज्ञापनपत्र बुझिलिँदै निगमका कार्यकारी निर्देशक पौडेलले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरुप्रति निगम सकारात्मक रहेको र निगमले गर्नुपर्ने कर्तव्यहरु पूरा गर्ने वचन दिनुभयो ।