काठमाडौँ,२७ चैत्र – शुक्रबार सिंगटी हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट भएको हो।
१५ लाख ६५ हजार ५३० आवेदकले शेयर माग गरेकामा १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको थियो । ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जानकारी दिएको छ।योग्य आवेदकमध्ये २ लाख ६९ हजार सात सय जनाले मात्रै न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हात खाली भएको छ।