काठमाडौँ, २४ चैत
साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।
सोही जाहेरीको आधारमा प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा पर्साबाट पक्राउ गरेको हो ।