नेपाल पत्रकार महासंघ मनाङ शाखामा नवीन लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति विजयी – Himalayan Dainik

नेपाल पत्रकार महासंघ मनाङ शाखामा नवीन लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति विजयी


नेपाल पत्रकार महासंघ मनाङ शाखामा नवीन लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति विजयी

२३ चैत,मनाङ – नेपाल पत्रकार महासंघ मनाङ शाखामा नवीन लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखा कार्यसमिति गरी तिन तहको निर्वाचन अन्तर्गत हिमालपारीको मनाङ जिल्लाको अध्यक्षमा लामिछाने निर्बिरोधरुपमा चयन हुनु भएको हो ।
वहाँ विगत १० वर्ष देखि पत्रकारिता पेशामा आबद्ध हुनुहुन्छ ।
यस्तै लामिछाने नेपाल टेलिभिजनका रिपोर्टर एवम् नेपाल प्रेस युनियन मनाङका अध्यक्ष पनि हुनुहुन्छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ , महिला उपाध्यक्षमा सबिना सिंह महर्जन , सचिवमा रिया गुरुङ, समावेशी सचिवमा पुर्ण गुरुङ , कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिल वहादुर गुरुङ चयन भएका छन् ।सदस्यहरुमा सुरेश थापा , शोल वहादुर गुरुङ , फुर्व छिरीङ र सुक बहादुर बिक रहेका छन् । भने केन्द्र पार्दषमा पशुपति अधिकारी , मिनकाशी गुरुङ र प्रदेश पार्दषमा बुद्धि गुरुङ सर्वसम्मत रुपमा चयन भएको नेपाल पत्रकार महासंघ मनाङ जिल्ला निर्वाचन समिति संयोजक कृष्णदास कोइरालाले जानकारी दिनुभयो ।