उपत्यकामा भोलिदेखि लकडाउन थप कडाइ हुने संकेत – Himalayan Dainik

उपत्यकामा भोलिदेखि लकडाउन थप कडाइ हुने संकेत


उपत्यकामा भोलिदेखि लकडाउन थप कडाइ हुने संकेत

काठमाडौं, ३० वैशाख –  सरकारले गत सातादेखि लकडाउनमा अपनाएको खुकुलता भोलिदेखि कडा गर्ने संकेत देखिएको छ । सोमबार एकै दिन २४ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले उपत्यकामा केही कडा गर्ने भएको हो ।

पछिल्ला दिनमा एक्कासी देखिएका संक्रमितका कारण उपत्यकामा लकडाउन केही कडाई गर्ने भएको हो । दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरणमा केही खुला गरेको सरकारले भोलिदेखि थप कडाई गर्ने भएको हो ।

सडक छेउमा तरकारी बिक्री गरिँदै आएकोमा प्रहरीले भोलिदेखि नबेच्न अनुरोध गरेको छ । ‘आज त बस्नुभएछ, भोलिदेखि यहाँ तरकारी नराख्नुस् है’, बानेश्वरस्थित सडकमा तरकारी बेच्दै गरेको व्यापारीलाई एक प्रहरीले भने । उनले भोलिदेखि फेरी तरकारी बेच्न राखिएमा प्रहरीले कारबाही गर्ने बताए ।

यसअघि सोमबार कपिलवस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा गरेर एकै दिन २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यससँगै नेपालमा हालसम्म १ सय ३४ जना कोरोना संक्रमित पुगेका छन् ।