खुकुरी प्रहार गरी प्रअको हत्या – Himalayan Dainik

खुकुरी प्रहार गरी प्रअको हत्या


खुकुरी प्रहार गरी प्रअको हत्या

धादिङ, २८ वैशाख – उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-५ फुलखर्क दाङसिङमा गङ्गा-जमुना एकेडेमीका प्रअ ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको छ ।

शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेका बेला उनलाई छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीले खुकुरी प्रहार गरेका थिए । बुढाथोकीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि धादिङबेँसी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ ।