कोरोनाविरुद्धको औषधी परिक्षण गर्ने क्रममा डाक्टरको मृत्यु – Himalayan Dainik

कोरोनाविरुद्धको औषधी परिक्षण गर्ने क्रममा डाक्टरको मृत्यु


कोरोनाविरुद्धको औषधी परिक्षण गर्ने क्रममा डाक्टरको मृत्यु

चेन्नइ, २८ वैशाख – औषधी परिक्षण गर्ने क्रममा कोरोना भाइरसको औषधी पत्ता लगाएको दाबी गर्ने डाक्टरको मृत्यु भएको छ ।

भारतको चेन्नइस्थित एक आयुर्वेदिक डाक्टरले कोरोना भाइरसको औषधी आफूले पत्ता लगाएको दाबी गरेको थिए । त्यसपछि उक्त औषधी परिक्षणका क्रममा उनको मृत्यु भएको छ ।

चेन्नइको पेरुगुन्डीस्थित एक आयुर्वेदिक उत्पादन कम्पनीमा काम गर्ने शिवनेसन नामका डाक्टरले औषधीको खोजी गर्ने क्रममा पत्ता लगाएको उनी स्वयं र उनले काम गर्ने कम्पनीका मालिक स्वयंले परिक्षण गरेका थिए । औषधी परिक्षण गर्ने क्रममा शिवनेसनले औषधीको धेरै मात्रा सेवन गरे भने राजकुमारले कम मात्र सेवन गरे ।

औषधी सेवन गरिसकेपछि दुवै जना बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएकोमा शिवनेसनको मृत्यु भयो भने राजकुमारको अवस्था स्थिर रहेको जनाइएको छ ।