भारतमा कोरोना संक्रमित संख्या ६० हजार नजिक – Himalayan Dainik

भारतमा कोरोना संक्रमित संख्या ६० हजार नजिक


भारतमा कोरोना संक्रमित संख्या ६० हजार नजिक

काठमाडौँ, २७ बैशाख – भारतमा करोना संक्रमितको संख्या झण्डै ६० हजार पुगेकाे छ । वर्ल्डो मिटर्सको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमितको संख्या पनि ५९ हजार ६९५ पुगेको छ भने मृत्यु हुनेको संख्या १९ सय ८५ पुगेकाे छ ।

शुक्रबार मात्र ९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित फेला परेका छन् । यसैबीच भारतमा १७ हजार ८८६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । बाँकी ३९ हजार ८ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ (जेठ ४) सम्म पुर्याएको छ