घुससहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ – Himalayan Dainik

घुससहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ


घुससहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ

नुवाकोट, २७ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमङ्गल प्रसादलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएको छ ।

सूर्यगढी गाउँपालिका ५ नयाँपुलमा रहेको ढुङ्गा खानी सञ्चालन गर्न दिन एक लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । कार्यालय प्रमुख जयमङ्गललाई आवश्यक कारबाहीको लागि काठमाडौँ लगिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिनुभयो ।