एक युवक झुण्डिएकाे अवस्थामा मृत फेला – Himalayan Dainik

एक युवक झुण्डिएकाे अवस्थामा मृत फेला


एक युवक झुण्डिएकाे अवस्थामा मृत फेला

कञ्चनपुर, २७ बैशाख – कञ्चनपुरको बेलाैरीमा एक युवक घरकाे पछाडि झुन्डिएको अबस्थामा मृत फेला परेका छन् ।

बेलाैरी नगरपालिका- ३ खिरिया राना टाेलका १८ वर्षीया दीपक राना घरकाे पछाडि रुखमा झुन्डिएकाे अवस्थामा मृत फेला परेकाे इलाका प्रहरी कार्यालय बेलाैरीले जनाएको छ ।

प्रहरीका अनुसार रानाले आफ्नै घरकाे पछाडि रुखमा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । यद्यपि प्रहरी निरीक्षक चन्दकाे टाेली शनिबार बिहानै घटना स्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।