गोरखा बजारबाट मकैसिङ्ग जाँदै गरेको ट्रक दुर्घटना – Himalayan Dainik

गोरखा बजारबाट मकैसिङ्ग जाँदै गरेको ट्रक दुर्घटना


गोरखा बजारबाट मकैसिङ्ग जाँदै गरेको ट्रक दुर्घटना

गोरखा, २७ बैशाख – गोरखा सदरमुकामबाट मकैसिङ जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ । सहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडामा ट्रक दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामामा परि ट्रक चालक बिकास बिक गम्भीर घाइते भएको प्रहरीले बताएको छ । शनिबार बिहान खाद्यान लिएर मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको हो ।

घाइते बिकको पेटमा गहिरो चोट लागेको र उनलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ ।