अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमै कोरोना शंका – Himalayan Dainik

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमै कोरोना शंका


अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमै कोरोना शंका

एजेन्सी, २७ बैशाख – अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति दुवैका नजिकका मान्छेमा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रपति डोनाल्ट ट्रम्पका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि शुक्रबार उपराष्ट्रपति माइक पेन्सीकी प्रेस सेक्रेटरी पनि संक्रमित देखिएकी हुन्।

योसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स दुवैलाई उच्च निगरानीमा राखेर कोरोना रहे/नरहेको निर्क्याेल गर्न दैनिक परीक्षण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

राष्ट्रपतिलाई सुरक्षित राख्न हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ। अहिले विश्वमा कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका नै परेको छ।

त्यहाँ अहिलेसम्म कोरोनाबाट ७७ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाख ८३ हजार भन्दा बढी संक्रमित भइसकेका छन्।