भारतको ज्यादती : नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो – Himalayan Dainik

भारतको ज्यादती : नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो


भारतको ज्यादती : नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

काठमाडौँ, २७ वैशाख – नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो ।

उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ । यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरेका हुन् । यो विषयमा दिल्लीस्थित नेपाली दूतावास पनि वेखबर छ । दिल्लीस्थित नेपाली दूतावासमा कूटनीतिज्ञमात्र छैनन् । नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारी समेत छन्। उनीहरूले त्यहाँ भइरहेका गतिविधिबारे कुनै जानकारी परराष्ट्र मन्त्रालयलाई दिन सकेका छैनन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।