नेपालमा थप ७ मा कोरोना संक्रमण, १ सय ९ पुगे संक्रमित – Himalayan Dainik

नेपालमा थप ७ मा कोरोना संक्रमण, १ सय ९ पुगे संक्रमित


नेपालमा थप ७ मा कोरोना संक्रमण, १ सय ९ पुगे संक्रमित

काठमाडौं, २७ वैशाख – नेपालमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार उदयपुर र कपिलवस्तुका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार उदयपुर भुल्केका ३ जना महिला र कपिलवस्तुका ३ पुरुष र पर्साका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलामा देखिएको छ भने कपिलवस्तुका १७ र १८ वर्षका युवकका साथै पर्षाका ६२ वर्षीय पुरूषमा संक्रमण देखिएको मन्त्रालयद्वारा जारी गरिएको सूचनामा जनाइएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित १ सय ९ पुगेका छन् । ती मध्ये २७ जना उपचार पछि घर फर्केका छन् भने ३ जना डिस्चार्ज भइसकेपछि पुनः संक्रमण देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् ।

 

7 jana