कोरोना संक्रमणबाट अमेरिकामा ७८ हजार बढीको मृत्यु, भारतमा करिब २ हजार पुग्यो – Himalayan Dainik

कोरोना संक्रमणबाट अमेरिकामा ७८ हजार बढीको मृत्यु, भारतमा करिब २ हजार पुग्यो


कोरोना संक्रमणबाट अमेरिकामा ७८ हजार बढीको मृत्यु, भारतमा करिब २ हजार पुग्यो

काठमाडौं, २७ वैशाख – अमेरिकामा संक्रमितको संख्या १३ लाख २१ हजार नाघेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि ७८ हजारभन्दा बढी पुगेको छ ।

विश्वकै एक तिहाई संख्यामा अमेरिकामा संक्रमित संख्या देखिएको हो । अमेरिकामा १३ लाख २१ हजार ७ सय ८५ जनालाई कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै हालसम्म विश्वभरी २ लाख ७६ हजार २ सय १५ जनाको मृत्यु भएको छ । र मृतकमा पनि सबैभन्दा धेरै अमेरिकामा नै पुगेको छ । अमेरिकामा हालसम्म ७८ हजार ६ सय १५ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ४० लाख १२ हजार ७ सय ७० पुगेका छन्।

अमेरिकापछि हालसम्म बेलायतमा ३१ हजार २ सय ४७ जनाको मृत्यु भएको छ भने इटालीमा ३० हजार २ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो समय तीब्रताका साथ संक्रमितको संख्या देखिएको नेपाली छिमेकी मुलुक भारतमा भने हालसम्म ५९ हजार ६ सय ९५ जना संक्रमित देखिएका छन् भने हालसम्म १ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ ।

नेपालमा १ सय २ जना संक्रमित देखिएका छन् भने ती मध्ये ३० जना उपचारपछि घर फर्किसकेको जनाइएको छ ।