हिमालय एयरलाइन्सको जहाज छोङ्छिङ् प्रस्थान – Himalayan Dainik

हिमालय एयरलाइन्सको जहाज छोङ्छिङ् प्रस्थान


हिमालय एयरलाइन्सको जहाज छोङ्छिङ् प्रस्थान

काठमाडौँ, २६ वैशाख – चीनको छोङ्छिङ्मा आज साँझ ५ः००बजे हिमालय एयरलाइन्स एअरबस ३२०(२१४ )एन–एएलडब्ल्यू कार्गाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको छ । र आजै राति ११ः३५ बजे (स्थानीय समय) छोङ्छिङ् जियाङ्गबे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

उक्त विमान भोलि ४ः३५ बजे (स्थानीय समय)मा स्वास्थ्य सामाग्रीहरु सहित उड्ने र काठमाडौंमा ०६ः३० बजे आगमन हुने तालिका रहेको छ ।

उडानमा सरिक चालकदलले नेपाल सरकारको निर्देशनअनुरुप पालना गर्नुपर्ने आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अबलम्बन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो । उक्त्त कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामाग्री ल्याउनेछ ।