४ सय ४० जना संसदको कोरोना परीक्षणको आयो यस्तो रिपोर्ट – Himalayan Dainik

४ सय ४० जना संसदको कोरोना परीक्षणको आयो यस्तो रिपोर्ट


४ सय ४० जना संसदको कोरोना परीक्षणको आयो यस्तो रिपोर्ट

काठमाडौँ, २६ बैशाख – संघीय संसदमा हिजो लिइएको ४ सय ४० जनाको स्वाब परीक्षणमा सबैको कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको छ ।

यसअघि सचिवालयले ४४१ जनाको संकलन गरिएको बताएको थियो । तर एक जना फारम भरेपनि स्वाब संकलनमा सहभागि भएका थिएनन् । जसमा १७९ जना प्रतिनिधिसभाका सांसद थिए भने ४५ जना राष्ट्रिय सभाका सांसद थिए । त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २१६ जनाको स्वाब संकलन गरिएको थियो ।

प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार  संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरेर जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट दिएको र सबैको  नेगेटिभ रिपोर्ट आएको छ । हिजो पिसिआर परीक्षणका लागि २ सय १२ सांसद सहित अन्यको स्वाव संकलन गरिएको थियो ।

आज दिउँसो ४ बजेबाट बस्ने संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव लिइएको छ । आज २ सय ५१ जनाको स्वाब लिइँदै गरेको सभामुखका प्रेस संयोजनक श्रीधर पौडेलले बताएका छन् । जस अन्तर्गत बाँकी ५४ जना सांसदको पनि आजै स्वाव संकलन गरिँदैछ ।