नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण – Himalayan Dainik

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण


नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण

काठमाडौं,  नेपालमा शुक्रबार थप १ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको नेपालगञ्जमा परिक्षणमा थप १ जनामा पोजेटिभ देखिएको छ । १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थय मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताए ।

त्यस्तै शुक्रबार उदयपुरका  ८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै आपतकालीन प्रतिकार्य योजना–२०७७ स्वीकृत भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् । उनीहरुमध्ये ५ जना १७ औं जना डिस्चार्ज भएको र ३ जना १६ औं दिनमा डिस्चार्ज भएको पनि देवकोटाले बताए ।

हालसम्म पीसीआर १५ हजार ४ सय ९२ र आरडीटीबाट ५४ हजार ५ सय ३१ परिक्षण भएको पनि देवकोटाले जनाए । स्वीस सरकारबाट प्राप्त कीट सम्बन्धित प्रदेशमा पठाइएको पनि उनले जनाए ।

आजका दिनमा देशभर क्वारेन्टाइनमा १५ हजार ६ सय २४ जना रहेको उनले बताए । त्यस्तै आईसोलेसनमा १ सय ३५ जना रहेका छन् । ती मध्ये ३ जना उपत्यकाभित्र र उपत्यकाबाहिर १ सय ३२ जना आईसोलेसनमा रहेको पनि उनले जनाए ।

हालसम्म १०२ जना संक्रमित भएको र ती मध्ये ३० जना उपचारपछि निको भएको पनि उनले जनाए । त्यसै क्रममा ३ जनालाई पुनः संक्रमण देखिएपछि अहिले २७ जना पूर्णरुपमा अस्पतालबाट डिस्चार्ज भएको पनि उनले जनाए ।