लकडाउनकाबीच विकास निर्माणमा अग्रसर भक्तपुर – Himalayan Dainik

लकडाउनकाबीच विकास निर्माणमा अग्रसर भक्तपुर


लकडाउनकाबीच विकास निर्माणमा अग्रसर भक्तपुर

भक्तपुर, २६ वैशाख – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले मुलुक लकडाउन भएकोले देश भरको विकास रोकिएको सन्दर्भमा भक्तपुरको भने बाँकी रहेका सबै काम धमाधम सुरु हुन थालेको छन् ।

भक्तपुरका विकासमा मुल नेतृत्वकर्ता सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको नेतृत्वमा र जिल्ला संन्वय समिति भक्तपुरको प्रमुख नवराज गेलालको सहयोगमा, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थपा, मध्यपुर थिमीका मेयर मदन सुन्दर श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, सिडिओ होमकला पाण्डे र एसपी सबिन प्रधान सहितको बैठकले चालू आर्थिक वर्षका अधुरा रहेका सबै काम सम्पन्न गर्ने निर्णय अनुसार काम भट्टाभट सुरु हुन थालेका छन् । आर्थिक वर्ष समेत सम्पन्न हुन लागि रहेकोले विकास निर्माणलाई सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै सामाजिक दुरी समेत कायम गर्दै आयोजना शुचारु गरिएको छ ।

योजनाहरुको अनुगमन गर्न सांसद बस्नेत लगाएतको टोलि निरन्तर खटिरहेको छ । सांसद बस्नेत सहितको टोली अनुगमन तथा निरक्षणमा फिल्डमा नै गएपछि आयोजनामा काम गर्ने मजदुर तथा निर्माण कम्पनीलाई समेत हौसला प्रदान भएको मजदुर तथा निर्माण कम्पनीले जनाएका छन् । अनुगनमका क्रममा सांसद वस्नेतले मजदुर तथा निर्माण कम्पनीको समस्याहरु बुझ्दै त्यसलाई समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उहाँले अनुगमनका क्रममा आयोजना निर्माणका क्रममा भएका गल्ती तथा कमजोरीलाई सच्याउन सुझाव समेत दिनुभएको छ ।

जस अनुसार निम्न अनुसारको काम सम्पन्न हुँदैछन्,

१. जगाते चोकबाट च्यामा सिङ्ग हुँदै कमल बिनायक जाने सडक कालो पत्र भैसकेको छ,
२. पेप्सिकोला मनोहरा पुलबाट सल्लाघारी जाने सडक निर्माण हुँदै,
३. निकोशेरा गाँखु बोडे जाने सडक काम हुँदै,
४. नेपाल ल कलेजबाट पूर्व हिन्चोक जाने सडक काम हुँदै,
५. निकोशेरा नागबेली मार्गको काम हुँदै,
६. गुण्डु छेडा राउत गाउँ किवाचोक तिनधारा सडक काम हुँदै,
७. डोके खोला पुल निर्माण पलाँसे,
८. त्रीबेणी खोलापुल नंखेल,
९. चख्खु खोला पुल सिपाडोल,
१०. किवाचोकको पुल गुण्डु दधिकोट,
११. चरखणडीखोला पुल चित्रपुर सिरुटार,
१२. रानी खोला पुल निर्माण गुण्डु,
१३. अनन्तलिङ्गेश्वोर मन्दिर परिसर सामुदायिक भवन निर्माण,
१४. नलिन्चोक सामुदायिक भवन निर्माण,
१५. गुण्डु वडा कार्यालय भवन निर्माण,
१६. बालकोट वडा नं. २ कार्यालय निर्माण ।