राहत वितरण कार्यलाई अभियानकै रूपमा लगदै यि : दुई जोडी – Himalayan Dainik

राहत वितरण कार्यलाई अभियानकै रूपमा लगदै यि : दुई जोडी


राहत वितरण कार्यलाई अभियानकै रूपमा लगदै यि : दुई जोडी

महेश सिंह ,सिरहा २५ , बैशाख – बिपन्न परिवारलाई राहत दिन दुई जोडी सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर ११ सोनापुरको बिपन्न बस्तिमा पुगेका छन् ।

यि दुई जोडीले लकडाउनको पहिलो हप्ता देखी नै राहत वितरण कार्य सुरु गरेका हुन्। यो राहत वितरण गर्ने कार्य अभियानकै रूपमा लग्दै गरेको बताए । एपोलो ऊँ ईङ्गलिस बोडिङ्ग स्कुल लहानका संचालक महेश चौधरी र नेपाल महिला संघ कि केन्द्रिय सदस्य समेत रहेकी संगिता कर्माचार्यको जोडीले सोनापुरको ४० घर धुरीलाई राहत समग्री वितरण गरेको समाज सेबि ललिता यादवले बताए ।

राहतमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन वितरण गरेको हो। यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १२ , १३, १४, १६, १७, २४ लगायतका वडाका बिपन्न घर परिवारलाई राहत वितरण गरिसकेको छ । गरीब राहत पाएपछी बिपन्न परिवारहरु खुसी भएको छ ।