थप २ मा कोरोना संक्रमण पुष्टी, नेपालमा १०१ पुगे – Himalayan Dainik

थप २ मा कोरोना संक्रमण पुष्टी, नेपालमा १०१ पुगे


थप २ मा कोरोना संक्रमण पुष्टी, नेपालमा १०१ पुगे

काठमाडौं, २५ वैशाख – नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको परिक्षणमा कपिलवस्तुका २ पुरुषमा कोरोना देखिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार कपिलवस्तुका २२ वर्षीय र १६ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

हालसम्म नेपालमा १ सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २२ जना उपचारपछि घर फर्किसकेका छन् ।