३ सय ६२ डाक्टर ड्युटीबाटै भागे – Himalayan Dainik

३ सय ६२ डाक्टर ड्युटीबाटै भागे


३ सय ६२ डाक्टर ड्युटीबाटै भागे

बिहार,२५ वैशाख – विश्वमा फैलिएको कोरोना भाइरसका कारण भारतमा पछिल्ला दिनमा संक्रमित र मृतकहरुको संख्या बढ्ने क्रम जारी रहेको छ । रोगको संक्रमण बढीरहेका बेला भारतको बिहारका अस्पतालमा बिरामीहरुले भरिभराउ रहेको छ ।

सोही क्रममा राज्य सरकारले बिहारका स्वास्थ्यकेन्द्रहरुको निरीक्षण गर्ने क्रममा ३ सय ६२ जना डाक्टरहरु ड्युटी छाडेर भागेको तथ्य फेला पारेका छन् । ग्रामीण भेगका प्रायः अस्पतालहरुमा ताला लगाएको अवस्थामा भेटिएका थिए भने अस्पतालका वरिपरि मानिसहरुले भैंसी चराइरहेका पनि भेटिएको थियो ।

अस्पतालहरुमा डाक्टरहरु नभेटिएपछि राज्य सरकारले डाक्टरहरुलाई उपस्थित हुनका लागि सूचना जारी गरेको छ । सूचना जारी गरे पनि डाक्टरहरु सम्पर्कमा नआएको जनाइएको छ ।

अहिलेसम्म पटना, मुजफ्फरपुर र दरभंगा जिल्लाका स्वास्थ्यचौकीहरुमा निरीक्षण गरिए पनि डाक्टरहरु उपस्थित नभएको जनाइएको छ ।

पछिल्ला दिनहरूमा भारतमा कोरोना संक्रमितहरू एक्कासी बढ्न थालेका छन् । ताजा तथ्यांकअनुसार भारतमा ५३ हजार ४५ जना संक्रमित देखिएका छन् भने १ हजार ७ सय ७८ जनाको मृत्यु भइसकेको छ ।